अवैध लागूऔषध सहित १ जना पक्राउ

काठमाडौँ । बर्दियाको बढैयाताल गाउँपालिका -७ पुरानो कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम सहित १ जना व्यक्त्तीलाई बिहीबार राति पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-२ बर्दवा बस्ने ३९ वर्षीय द्वारिका प्रसाद थारु रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.९ प ४८१० नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।