रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपर्‍यो : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन् । पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उनको भनाइ रहेको थियो।

पत्रकारसँग कुराकानी गर्दै उनले भने, पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भएको हो । गठबन्धनबाट देउवालाई प्रधानमन्त्री बनाउने महत्वपूर्ण भूमिका दाहालले खेलेको उनले बताए ।

कोइरालाले भने, ठूलो पार्टीको नाताले पहिलो पटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोचका कारण समस्या आयो । कांग्रेस प्रतिपक्षमा बस्दा विरोधका लागि विरोध मात्रै नगर्ने उल्लेख गर्दै उहाँले जिम्मेवारपूर्वक हिसाबले प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताएका छन् ।