भारतीय फिल्म पठानको ‘बेशराम रंग’ बोलको गीत पाकिस्तानी गीतबाट चोरोको आरोप

काठमाडाैँ । भारतीय फिल्म पठानको ‘बेशराम रंग’ बोलको गीत पाकिस्तानी गीतबाट चोरी गरेको आरोप लगाएकाे  छ ।

भारतीय चर्चित अभिनेता शाहरुख खान यतिबेला आफ्नो आगामी फिल्म पठानलाई लिएर निकै चर्चामा छन् । फिल्मको चर्चा र विवाद उतीकै चलिरहेको छ । पहिले यो फिल्मको टिजर रिलिज भएको थियो, जसलाई दर्शकहरुले निकै रुचाएका थिए ।

उक्त गीतमा अभिनेत्री दीपिका पादुकोणले लगाएको विकिनीको रंगलाई लिएर विवाद सुरू भएको थियो । सोही कारण फिल्मलाई प्रतिबन्ध लगाउन भारतको विभिन्न ठाउँमा माग भइरहेको छ । शाहरुख र दीपिकालगायत फिल्मको टिमविरुद्ध उजुरी दर्ता समेत भएको थियो । त्यसपछि यो फिल्मको पहिलो गीत ‘बेशराम रंग’ सार्वजनिक भयो ।

यससँगै अब फिल्मको उक्त गीत चोरी गरेको आरोप फिल्म निर्माण टिमलाई लागेको छ । पाकिस्तानी गायक सज्जाद अलीले निर्माता माथि गीत चोरेको आरोप लगाएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार सज्जादले ‘बेशरम रंग’ गीत ‘अब के हम बिछडे’ गीतसँग मिल्दोजुल्दो रहेको बताएका छन् । ‘अब के हम बिछडे’ सज्जादको पुरानो गीत रहेको बताएका छन् । उनले उक्त गीत २६ वर्ष अगाडि गायको बताएका छन् । यससँगै फिल्मामा अर्को विवाद थपिएको छ ।

फिल्म आगामी २५ जनवरीमा रिलिज हुँदै छ । करिब २ सय ५० करोड भारतीय रुपैयाँको लगानीमा बनेको यस फिल्ममा शाहरुख खान, दीपिका पादुकोण र जोन अब्रहमको मुख्य भूमिका रहेको छ । गीत सार्वजनिक भएसँगै विवाद सुरु भएकाे छ ।