नेपाल टी–२० लिगमा देखिएको विवादबारे गृहन्त्रीको लामिछानेले दिए चासो

काठमाडौँ । नेपाल टी–२० लिगमा देखिएको विवादबारे गृहन्त्रीको लामिछानेले आफैंले प्रतियोगिताबारे सार्वजनिक भइरहेका तथ्यहरुमा चासो राख्दै मंगलबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबी मार्फत अनुसन्धानका लागि निर्देशन दिएको बताएका छन् ।

त्रिवि मैदानमा सुरु भएको खुलेमा सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्ने गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई जानकारी दिएका छन् ।

मन्त्रालयको निर्देशनअनुसार सीआईबीले मंगलबारदेखि नै आफ्नो जिम्मेवारी सुरु गरिसकेको र राष्ट्रिय खेलकुद परिषद राखेपको स्वीकृतिविना नै पहिलो दिनदेखि प्रतियोगितामा विदेशी खेलाडी खेलिरहेका छन् । उनीहरुको श्रम स्वीकृतिको प्रक्रिया राखेपबाट अगाडि बढेको छैन । दुवै टिममा त विदेशी खेलाडीले कप्तानीसमेत रहेका छन् ।

क्यानले उनीहरुलाई पारिश्रमिकको ग्यारेन्टी गर्ने बताएपछि २ घण्टा ढिला भएको थियो । प्रतियोगिताको एक फ्रेन्चाइज टिम काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एकजना खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएका थिए ।

उनले तत्कालै क्यान र आईसीसीको एन्टी करप्सन युनिटलाई जानकारी गराएको थिए । प्रतियोगितामा खेलहरुको अवस्था, खेलाडीको शंकास्पद गतिविधिलगायतका कारण देखाएर प्रतियोगिताका एकजना टिभी कमेन्टेटर सचिन तिमल्सिनाले पनि जिम्मेवारी छाडेका बताएका छन् ।