प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटार भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईँका अनुसार प्रधानमन्त्री प्रचण्डलाई भेट गर्न अध्यक्ष ओली बालुवाटार पुगेको बताएका छन् ।

प्रधानमन्त्री दाहालको सरकारमा पहिलो चरणमा आठ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेको बताएका थिए । सरकार विस्तार एवम् सहकार्यका सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल हुँदै आएको जानकारी दिएका छन् ।