‘टुल्की’फिल्म चैत ३ गतेबाट देशभर प्रदर्शनमा हुने

काठमाडौँ । बहुपति प्रथामाथि बनेको फिल्म ‘टुल्की’ चैत ३ गतेबाट देशभर प्रदर्शनमा हुने भएको छ ।

हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित फिल्म ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरेको बताएका छन् ।

फिल्मका निर्देशक देवजङ्ग थापा, छायाङ्कनमा सुशील अधिकारी र नमराज घिमिरे र शेखर लामाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा आरपी कर्माचार्य र उजेली लामा निर्माता रहेको छ ।

फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय रहेको बताएका छन् ।