मधेस प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

काठमाडौँ । मधेस प्रदेशसभाको पहिलो ठूलो दल नेकपा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । मङ्गलबार जनकपुरमा एमाले संसदीय दलको बसेको बैठकले उनी चयन भएका छन् ।

आकाङ्क्षी बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएकामा उक्त कमिटीले यादवको नाम चयन गरेको एमाले नेता सोमप्रसाद शर्माले जानकारी दिएका छन् । एमाले केन्द्रीय सदस्यसमेत रहेका यादव महोत्तरी क्षेत्र नं ४ (१) बाट निर्वाचित भएका थिए ।

दलको नेताका लागि एमाले केन्द्रीय सदस्यसमेत रहेका रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदादेवी थापालगायत दाबेदार रहेको बताएका छन् । मधेस प्रदेशको सबैभन्दा ठूलो दल एमालेका २३ सांसद रहेका छन् ।