इन्सेकको कार्यकारी अध्यक्षमा प्राध्यापक डा. कुन्दन अर्याल निर्वाचित

काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको कार्यकारी अध्यक्षमा प्राध्यापक तथा अधिकारकर्मी डा. कुन्दन अर्याल निर्वाचित भएका छन् ।

बुधबार भएको इन्सेकको २६ औं साधारणसभाले डा. अर्याललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।वरिष्ठ पत्रकार अर्याल त्रिभूवन विश्वविद्यालय अन्तर्गतको आमसञ्चार विषयमा प्राध्यापन गर्दैआएका छन् ।

३ वर्षे कार्यकाल रहने समितिको सदस्यहरुमा लता प्याकुरेल, गीता बराल, ज्योति बानियाँ, रघुनाथ अधिकारी, रुद्रबहादुर चर्मकार र नरनाथ लुइँटेल रहेका छन् ।