नेपाल टि ट्वान्टी लिगः जनकपुरले पोखरालाई हरायो

काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगितामा जनकपुर रोयल्स विजयी भएको छ ।

आज भएको खेलमा जनकपुरले पोखरा एभेञ्जर्सलाई ६ विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा पुग्यको छ । ९ खेलमध्ये ६ मा जित तथा तीन खेलमा हार बेहोरेको जनकपुरले १२ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको बताएका छन् ।

प्तियोगितमा लुम्बिनी अल स्टार पनि यसअघि नै प्लेअफमा पुगिसकेको र समान ९ खेल नै खेलको लुम्बिनीले ८ खेलमा जित र १ खेलमा हार बेहोरे पनि १६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा पुगेका छन् ।

आजको खेलमा पोखराले जनकपुरलाई जितका लागि ६९ रनको चुनौती दिएको छ । जवाफमा जनकपुरले नौ ओभरमा चार विकेट गुमाउँदै ७० रन बनाएका थिए । जनकपुरको जितमा सराफुदिन असरर्फले सर्वाधिक ३७ रनको योगदान दिए भने ट्रभोन ग्रिफीथले १७ रन जोडेका छन् । त्यस्तै पवन सरार्फले चार रन जोडे भने राजेश पुलामी र असन प्रियरञ्जनले समान १/१ रन जोडे । बलिङतर्फ पोखराका कुशल मल्लले ३ विकेट लिए भने असिथा फर्नान्डोले एक विकेट लिएका थिए ।

पोखराका लागि सिद्धान्त लोहनीले सर्वाधिक १७ रन बनाए भने आशिफ शेख र कुशल मल्लले समान १६/१६ रन जोडे । त्यसबाहेकका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन नसकेको बताए । पोखरालाई कम योगफलमा समेट्नेक्रममा जनकपुरका सोमपाल कामी एक्लैले ३ विकेट लिए भने ललित राजबंशी र शराफुदिन असरर्फले समान २/२ विकेट लिए ।

त्यस्तै पवन शर्राफ ट्रभोन ग्रिफिथ र जितेन्द्र मुखियाले समान १/१ विकेट झारे । यससँगै ९ खेल खेलेको पोखराले तीनमा जित तथा ६ खेलमा हार बेहो¥योको छ । अङ्क बटुलेको पोखरा अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको छ ।