स्थानीय तहका कर्मचारीले दिए आन्दोलनमा जाने चेतावनी !

काठमाडौं, असार । कर्मचारी युनियन नेपालमा आबद्ध स्थानीय तहमा कार्यरत अस्थायी÷करार कर्मचारीहरुले आन्दोलनमा जाने चेतावनी दिएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी वर्षौंदेखि कार्यरत स्थानीय तहका कर्मचारीलाई स्थायी गर्ने कानुनी व्यवस्थाको नगरे आन्दोलनमा जाने चेतावनि दिएका हुन् ।

पत्रकार सम्मेलनमा युनियनका महासचिव रामप्रसाद पौडेल संघीय संरचना पश्चात एउटै कार्यालयभित्र पनि कर्मचारीहरुलाई गर्ने व्यवहार विभेदपुर्ण भएको धारणा राख्नुभयो ।

सर्वोच्च अदालतले समेत अस्थायी कर्मचारीलाई स्थायी गर्न कुनै बाधा नभएकोे फैसला गरिसक्दा पनि अदालतको आदेशसमेत सरकारले कार्यान्वयन नगरेको प्रति आक्रोस पोख्दै कार्यान्वयनमा ढिला सुस्ती गरे आन्दोलनमा जाने चेतावनि दिनुभयो ।

स्थानीय तह कर्मचारी यूनियनले असार १३ र १४ गते राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न गरेका थिए । गोष्ठिको निष्कर्षलाई काठमाडौं घोषणपत्रका रुपमा पत्रकार सम्मेलन मार्फत युनियनका अध्यक्ष नुरबहादुर साउदले सार्वजनिक गर्दै आन्तरिक विशेष प्रतियोगिताको माध्यामबाट स्थानीय तहमा कार्यरत अस्थायी÷करार कर्मचारीहरुलाई स्थायी गराउनु पर्ने बताए ।

साथै, कर्मचारीको नियुक्ति, सरुवा र बढुवाको उचित व्यवस्थापन गर्न तत्काल स्थानीय सेवा ऐन जारी गर्नु पर्ने माग समेत गरेका छन् ।

स्थानीय तह कर्मचारी यूनियन नेपालले स्थायी र अस्थायी कर्मचारीहरु बिच भएको विभेद सरकारले अन्त्य गरेमा सबै पक्षसंग सहमति, सहकार्य र समन्वय गरी अघि बढ्न तयार रहेको जनाएको छ ।