६ करोडमा कमल पोखरीको पुनः निर्माण हुने

काठमाडौं, असार । करीब ६ करोडको लागतमा कमल पोखरीको पुनः निर्माण हुने भएको छ । २०७७ आषाढ १५ गतेभित्र निर्माण कार्य सम्पन्न हुने गरी रु ६ करोड ३६ लाख ५९ हजार ६ सय ४ रुपैयाँ ६३ पैसामा निर्माण सम्झौता भएको छ ।

पुनः निर्माण पछि पार्क भित्र अपाङ्ग मैत्री शौचालय, ढुङ्गेधारा, खुल्ला ब्यायाम स्थल तथा ब्याडमिन्टन, बास्केट बल कोर्टको समेत उपलब्धता रहने छ ।

पुनः निर्माणकालागि काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले बिहिबार शिलान्यास समेत गरिसकेका छन् ।

कार्यक्रममा प्रमुख शाक्यले कमल पोखरीको पुनः निर्माणको कामलाई मुख्य प्राथमिकतामा राखि कार्ययोजना तयार गरेको बताएका छन् ।

पुनः निमार्णको काम भन्दा संरक्षणको काम महत्वपुर्ण कुरा रहेको बताउनुहुँदै प्रमुख शाक्यले संरक्षणका लागि स्थानीय संघ, संस्था एवं स्थानीयबासीहरुको साथ र सहयोगको माग समेत गरेका छन् ।

भु कम्प पछि कमल पोखरीको संरक्षमा स्थानीय युवा क्लबको भुमिका उल्लेखनिय रहेकाले पुनःनिर्माण हुनै लाग्दा स्थानीय संघ संस्थाहरुलाई बाइपास गरी नजानुपर्ने नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभाका सदस्य गगन थापाले बताए ।