बस दुर्घटना हुँदा ३ जना नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौँ । भारतको गुजरातबाट लखनउतर्फ आइरहेको १ बस दुर्घटना हुँदा ३ जना नेपालीसहित ४ जनाको मृत्यु भएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका ३ जना नेपालीहरु कैलाली टीकापुरका रहेका छन् । दुर्घटना कैलाली टीकापुर नगरपालिका-१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहराको मृत्यु भएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पनि ३ जना नेपाली र एक जना भारतीय चालक गरी ४ जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिएका छन् । त्यस्तै अन्य १७ जना घाइते भएका छन् ।

यसैगरी बस लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो ।