कर्णालीको तेस्रो मुख्यमन्त्री बन्दै राजकुमार शर्मा

काठमाडौँ । कर्णाली प्रदेशबाट नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री बन्ने भएका छन् । हिजो साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकबाट कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको बताएका छन् ।

कर्णालीमा माओवादीको सरकार बन्ने सहमति भएसँगै माओवादी केन्द्रबाट रुकुम पश्चिम (ख) बाट निर्वाचित भएका शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री बन्ने भएका छन् ।

यसैगरी कर्णाली प्रदेश सभामा १३ सिटसहित माओवादी दोस्रो ठूलो दल पनि रहेको जानकारी दिएका छन् ।