आयोगमा मामिलासम्बन्धी सबै भन्दा बढी उजुरी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा १ नम्बर प्रदेशमा सङ्घीय मामिलासम्बन्धी सबै भन्दा बढी उजुरी परेको बताएका छन् । अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयमा २ हजार २४ उजुरी मध्ये सङ्घीय मामिलासम्बन्धी ९ सय ५९ उजुरी रहेका तथ्याङ्क रहेको छ ।

आइतबार धनकुटामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रममा २ हजार २४ उजुरी परेकोजानकारी दिएका छन् । त्यस्तै शिक्षासम्बन्धी ३ सय ७६, भूमिसुधारसम्बन्धी १ सय २१, बनसम्बन्धी ९१, स्वास्थ्यसम्बन्धी ८८ र अन्य ३ सय ८९ वटा रहेको बताएका छन् ।

उजुरीहरू माथि छानबिन भइरहेको कार्यक्रममा जानकारी दिएका छन् । कार्यक्रममा धनकुटा नगरपालिकाको काम कारबाहीको विरुद्धमा परेका उजुरी २२ वटा रहेको इन्जिनियर शैलेष दासले बताए । कार्यक्रममा सहभागीले उजुरी परे पनि कारबाही नभएको, सानालाई कारबाही गरे पनि ठुलालाई संरक्षण गरेको आरोप लागेका कारण अख्तियारमा शुद्धता हुनुपर्ने सुझाव दिएका थिए ।

कार्यालयका उपसचिव नितेश राईले विश्वको १ सय १७ औँ भ्रष्टाचार हुने देशमा नेपाल सूचीकृत भएको बताउँदै सार्वजनिक निकायमा हुने आर्थिक अनियमितता र भ्रष्टाचार नियन्त्रणको कार्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा सबैले सहयोग गर्नुपर्ने बताएका छन् । ।