जिप दुर्घटना हुँदा १ जनाको मृत्यु ४ जना घाइते

काठमाडौँ । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामापूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ४ जना घाइते भएको बताएका छन् ।

कर्णाली प्रदेश ०२००१ च ०६०५ नम्बरको बोलेरो जिप सिम्ता गाउँपालिका–९ को मुङ्ग्रे भन्ने ठाउँमा दुर्घटना भएको हो । आइतबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेमा सिम्ता गाउँपालिका– ९ की ३५ वर्षीय रमा चन्द रहेको प्रहरीले जानकारी दिएका छन् ।

घाइते हुनेमा सोही स्थानकी ५० वर्षीया भिमसरा सुनार र उनकी ८ वर्षीय छोरी आशा सुनार, ४० वर्षीय माया रोकाय र ३० वर्षीय गङ्गा खड्का पनि घाइते भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।

यसैगरी जिप चालक फरार रहेकाले खोजी कार्य भइरहेको बताएका छन् ।