पब्जी विश्वकपमा नेपाल दोस्रो

काठमाडौँ । इन्डोनेसियामा आइतबार राति सम्पन्न पब्जी विश्वकपमा नेपाल दोस्रो भएको छ । नेपाल फाइनल खेलमा नेपाल टर्कीसँग पराजित भएको थियो ।

नेपालको द रियल सोल्जर्स डीआरएस १ सय ५८ अङ्कसहित दोस्रो भएको हो । टर्कीको एसटुजी ई स्पोर्ट्सले १ सय ९० अङ्कका साथ च्याम्पियन बन्योको थियो । नेपालकै अर्को टोली ट्रेन्ड टु किल टि२के १ सय १२ अङ्कसाथ १३औं स्थानमा रहन सफल भएको थियो ।

उपविजेता नेपालले २ लाख ९२ हजार अमेरिकी डलर ३ करोड ८६ लाख नेपाली रुपियाँ पुरस्कार पाएका छन् । विजेता टर्कीले ५ लाख १० हजार अमेरिकी डलर पुरस्कार पाएका थिए । १३औं स्थानमा रहेको नेपालको टि २ केले पनि एक लाखA३२ हजार ५ सय अमरिकी डलर प्राप्त गरेका छन् ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ को रुपमा सञ्चालित यस विश्वकपमा चीन र ब्राजिलको ३ तीन, नेपाल, टर्की, मङ्गोलिया र थाइल्यान्डको २ दुई तथा मलेसिया र इन्डोनेसियाको १ एक टोलीले भाग लिएको बताएका थिए ।