सुनको मूल्य बढ्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला ६ सयले बढेर १ लाख ३ हजार ९ सयमा कारोबार भएको छ । हिजो प्रतितोला १ लाख ३ हजार ३ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४ सयमा कारोबार भएको छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० ले बढेर प्रतितोला १ हजार ३ सय ९० पुगेको महासङ्घले जानकारी दिएको छ ।