बस र ट्रक ठोक्किँदा ७ को मृत्यु, २० घाइते

काठमाडौँ । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको किला सैफुल्लाह जिल्लामा आइतबार राति यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।

प्राप्त जानकारी अनुसार त्यहाँस्थित राजमार्गमा मध्यरातमा बस र विपरीत दिशाबाट आउँदै गरेको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

मृतक र घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अस्पतालका कर्मचारीले सञ्चारमाध्यमलाई बताएका छन् ।