प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव निर्वाचित

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज कुमार यादव निर्वाचित भएका छन् ।

जसपा संसदीय दलको नेताका लागि सोमबार भएको निर्वाचनबाट यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी दिएका थिए । निर्वाचन समितिले दिउँसो ३।३० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेगरी निर्वाचन कार्यतालिका बनाएका थिए ।

मुख्यमन्त्री लालबाबु राउतले समयमै उम्मेदवारी फिर्ता लिएपछि यादवलाई संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित हुने बाटो खुलेको निर्वाचन समितिका संयोजक लालकिशोर साहले बताएका छन् ।

मधेश प्रदेशमा तेस्रो ठूलो दलको रूपमा रहेको जसपाको नेतृत्वमा सरकार गठन हुने सम्भावना रहेको छ ।