ब्राजिलमा भएको दङ्गामा सहभागी १ हजार २ पक्राउ

काठमाडौँ । ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा यहाँको प्रहरीले कम्तीमा पनि १ हजार २ सय जनालाई पक्राउ गरेको छ ।

ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले यहाँको राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणा भएपछि सोमबार व्यापक मात्रामा तोडफोड गरेका थिए । उनीहरुले यहाँको संसद भवन, ब्राजिलका राष्ट्रपतिको कार्यालयमा पनि आक्रमण गरेका थिए । उनीहरुले संसद भवनभित्रै प्रवेश गरेर त्यहाँका भौतिक संरचनामा पनि तोडफोड गरेका थिए ।

प्रहरीले आइतबार रातिको सो घटनाको अनुसन्धान गर्ने क्रममा राति नै करिब ३ सय जनालाई पक्राउ गरेको थियो । लगत्तै प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा प्रहरीले सो आक्रमण र हिंसामा सहभागी भएका व्यक्तिहरुलाई सिसी टिभीबाट पहिचान गरेर पक्राउ गर्ने काम थालेको थियो । ब्राजिलमा भएको दङ्गामा सहभागी १ हजार २ पक्राउ
काठमाडौँ । ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा यहाँको प्रहरीले कम्तीमा पनि १ हजार २ सय जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार रातिको सो घटनाको अनुसन्धान गर्ने क्रममा राति नै करिब ३ सय जनालाई पक्राउ गरेको थियो । लगत्तै प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा प्रहरीले सो आक्रमण र हिंसामा सहभागी भएका व्यक्तिहरुलाई सिसी टिभीबाट पहिचान गरेर पक्राउ गर्ने काम थालेको थियो ।

यहाँको राष्ट्रपतिका रुपमा लुइज इनासियो लुला दा सिल्भा शक्तिमा आएपछि उनको विरोधमा पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले सो विरोध गरेका हुन् । उनीहरुले राष्ट्रपतीय निर्वाचनको विरोध गरेका थिए । उनीहरुले राजधानी सहरमा रहेको सर्वोच्च अदालतको भवनमा पनि आगजनी गरेका थिए ।

यही जनवरी १ मा ब्राजिलका राष्ट्रपतिको शपथ लिएका लुलाले हिंसामा सहभागी भएका सबैलाई कानुन अनुसार कारबाही हुने जानकारी दिएको छ । त्यसपछि यहाँका प्रधानन्यायाधीशले उनीहरुलाई पक्राउ गरेर कारबाही गर्न प्रहरी प्रशासनका नाममा आदेश पनि दिएको थियो ।