लमजुङ्गे टोलमा श्रीमान् श्रीमती मृत फेला

काठमाडौँ । चितवानको भरतपुर महानगरपालिका–२९ मा आज बिहान श्रीमान् श्रीमती मृतावस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार वडा नं २९ लमजुङ्गे टोलमा बस्ने २२ वर्षीय प्रेम राना मगर आफ्नै घरको कोठाको बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका छन् ।

उनकी श्रीमती २१ वर्षीया शान्ति भनिने बुद्धिमाया राना मगर घरबाहिर आँगनमा रहेको अँगेनाको छेउमा मृतावस्थामा भेटिएको अधिकारीले जानकारी दिए । मृतक बुद्धिमायाको टाउकोमा चोट देखिएको प्रहरीको भनाइ छ ।