काठमाडौँ । बेलायतका पूर्वराजकुमार ह्यारीले आफ्नी सौतिनी आमा क्यामिलाले निजी कुरा सञ्चारमाध्यममा चुहाएको आरोप लगाएको छ । आफ्ना बुबासँग लामो समयको सम्बन्धका कारण बेलायती जनतासँग बिग्रिएको आफ्नो छवि सुधार्न रानी क्यामिलाले आफ्नो प्रतिष्ठा गिराएको आरोप उनले लगाएको छ ।
मङ्गलबारदेखि बजारमा आउन लागेको आफ्नो पुस्तक ‘स्पेयर’ को प्रचार एवम् प्रवद्र्धनका क्रममा आइटिभी र सिबीएसलाई आइतवार र सोमबार दिएको अन्तर्वार्तामा पूर्वराजकुमार ह्यारीले दरबारभित्रका आफ्ना नितान्त निजी कुराकानी सनसनीपूर्ण खबर छाप्ने पत्रपत्रिकालाई क्यामिलाले उपलव्ध गराएको आरोप लगाएको हो ।
बेलायतका केही पुस्तक पसल मध्यरातदेखि खुला छन् शाही परिवारका तिक्तता र वैमनस्यबारेका विवरण समेटिएको स्पेयर बेच्न । पुस्तकमा पूर्व राजकुमार ह्यारी र उनको पत्नी मेघनले आफ्नो शाही भूमिका र पद त्यागेर क्यालिफोर्नियामा सर्ने निर्णय गरेका सनसनीपूर्ण खुलासा गरिएको छ ।
अन्तर्वार्तामा ह्यारीले आफू र मेघनलाई सौतिनी आमाका कारण सञ्चारमाध्यमले सताएका तथा त्यसले आफ्ना दाजु विलियम र उनकी पत्नी केटसँग सम्बन्ध बिग्रएको बताउँदै सञ्चारमाध्यमले नै आफूहरूलाई सधैँ एकअर्काका विरूद्ध उभ्याएको उल्लेख गरे । मेघन र केटबीचको सम्बन्ध पनि त्यस्तै बनाएको उको आरोप छ ।
अमेरिकी अभिनेत्री मेघन मार्कलसँग विवाह गरेपछि शाही परिवारमा जन्मदै नजन्मेको आफ्नो सन्तान रङ्गभेदको शिकार भएको ह्यारीले बताए । पुस्तकामा उनले आफ्नी आमा डायनाको असामयिक निधन भएकामा गहिरो शोक व्यक्त गरेको छ ।
यसअघि ह्यारीले आफ्ना दाजु विलियमबाट आफूमाथि भौतिक आक्रमण भएको मेघन मार्केलसँगको विवाह र उनी बिरामी परेका बेला उनको उपचारबारे छलफल हुँदा आफूमाथि दाजु विलियमले भौतिक आक्रमण गर्नुभएको खुलासा गएको थियो ।
स्पेयरमा ह्यारीले विश्वलाई धेरै चकित पार्ने आरोप लगाएको छ । लागूपदार्थ सेवन, पहिलो यौन मुठभेड, अफगानिस्तानमा सैनय सेवा, मान्छे मार्ने सेनाको भूमिकालगायत विषय समेटिएका छन् ।
Add Comment