टि–ट्वान्टी क्रिकेट लिगमा विराटनगर फाइनलमा प्रवेश

काठमाडौँ । नेपाल टि–ट्वान्टी क्रिकेट लिगमा विराटनगर सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले जनकपुर रोयल्सलाई ३९ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

विराटनगरले दिएको १ सय ६८ रनको लक्ष्य जनकपुरले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय २८ रन मात्र बनाउन सकेका थिए ।

जनकपुरको लागि चाडविक वाल्टनले सर्वाधिक ५१ रनको योगदान दिए भने कप्तान ट्राभोन ग्रिफिथले ३४ रन बनाएको छ । तेस्तै खडक बोहोराले १४ रन बनाएका छन् ।

विराटनगरका राज नानन र कियोन जोसेफले समान ३र ३ विकेट लिए भने नन्दन यादवले २ विकेट र तेस्तै सूर्य तामाङले १ विकेट लिएका छन् ।

त्यसअघि पहिले टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६७ रन बनाएको र विराटनगरका लागि गौरान्शु शर्माले ४२ रन जोडे भने अर्जुन साउदले ३५ रन बनाएका थिए । तेस्तै राज नाननले ३३ तथा हुसेन तलतले ३१ रन बनाए ।

जनकपुरका लागि जितेन्द्र मुखियाले २ तथा सोमपाल कामी, सरफुदिन असरफ, ललित नारायण राजवंशी र शमीउल्लाह शिनवारीले समान १/१ विकेट लिएका थिए ।

भोलि हुने फाइनल खेलमा विराटनगरले लुम्बिनी अल स्टारसँग खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले रु ५५ लाख पाउनेछ भने उपविजेताले ३० लाख पाउने भएका छन् ।