सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि रावलले दाबी पेस गर्दे

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको दोस्रो मुख्यमन्त्रीका लागि नेकपा एमालेका राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख देवराज जोशी समक्ष दाबी पेस गरेका छन् । आज दिउँसो २ बजेतिर उनको दाबी पेस हुने नेकपा एमालेसुदूरपश्चिम प्रदेश कमिटीका सचिव एवम् प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिएका छन् ।

केन्द्रमा सत्ता साझेदार दलहरूबिच भएको सहमति अनुसार उनले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न र शीर्ष नेताबिच भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेशमा एमाले र नेकपा माओवादी केन्द्रले आलोपालो गरेर सरकार चलाउने भएको बताएका छन् ।

प्रदेश प्रमुख जोशीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आज ५ बजेसम्मको समय दिएका छन् । प्रदेश सभामा नेकपा माओवादी केन्द्र बाट ११, नेकपा एमाले बाट १०, नागरिक उन्मुक्ति पार्टीबाट सात र राप्रपाबाट एक जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व रहेको बताएका छन् ।