हुम्लामा गोल्डकप हुने, विजेतालाई १ लाख ५० हजार नगद र ट्रफी

काठमाडौँ । हुम्ला फुुटबल एकेडेमीले आगामी २०८० वैशाख १५ गतेदेखि जिल्लास्तरीय गोल्डकप आयोजना गर्ने भएका छन् । हिमाली जिल्ला हुम्लामा पहिलो हुम्ला गोल्डकप हुने भएको छ ।

हालसम्मकै सर्वाधिक पुरस्कार राशिको सो प्रतियोगितामा सातवटै गाउँपालिकाका टिम र जिल्लामा दर्ता भएर क्रियाशील रहेका क्लबले उक्त कपमा भाग लिन पाउने भएको एकेडेमीका अध्यक्ष विष्णुु रावतले बताएका छन् ।

गोल्डकप विजेताले १ लाख ५० हजार नगद र ट्रफी पाउनेछन् भने द्वितीय हुनेले १ लाख नगद पाउने बताएका छन् । त्यस्तै तृतीय हुने टिमले ७५ हजार पाउने छन् । लिग चरण खेलाइने प्रतियोगितामा प्रत्येक खेलमा १ जना म्यान अफ द म्याच पनि घोषित गरिने भएको अध्यक्ष रावतले बताए।

हुम्ला गोल्डकप अब प्रत्येक वर्ष सञ्चालन हुने भएको छ । गोल्ड कपका लागि एकेडेमीले फुटबल ग्राउण्डलाई व्यवस्थित गर्ने कार्य माघ महिनामा गर्ने जानकारी दिएका छन् ।