आगलागी पीडितलाई आर्थिक सहयोग

काठमाडौँ । बाम्राङ परिवार हङकङले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ ।

नगर उपप्रमुख विशन राईले बुधबार पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

यही पुस–९ गते बाम्रामा भएको आगलागीबाट सर्वस्व गुमाएका तीन घर पीडित परिवारलाई नगद दुई लाख ९० हजार ८ सय १३ आर्थिक सहयोग उपलब्ध गराएको हो । रासस