लुम्बिनीमा मुख्यमन्त्रीको आज शपथ ग्रहण

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । । प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे उनलाई शपथ ग्रहण गराउने बताएका छन् ।

आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठनको पनि तयारी गरिएको छ । एमाले र माओवादी केन्द्रबाट १/१ मन्त्री बनाउने तयारी रहेको माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले बताए ।

आज तीन सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरिएको छ, उनले भने, त्यसका लागि छलफल भइरहेको छ । बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा .२ बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

हाल लुम्बिनी प्रदेशमा १३ मन्त्रालय छन् र यसलाई घटाउने गरी छलफल भइरहेको जानकारी दिएका छन् ।