मध्यरातमा विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज पक्राउ

काठमाडौं, साउन । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट उनलाई प्रहरीले आइतबार मध्यराती पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले लामा पक्राउ परेको पुष्टि गर्दै उनलाई विशेष सूचनाको आधारमा काँडाधारीबाट राती साढे १२ बजेतिर पक्राउ गरिएको प्रहरिले जनाएको छ ।

लामासँगै रेशम तामाङलाई पनि पक्राउ गरिएको छ । प्रहरीले राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटका घटना लामाको निर्देशनमा भएको दाबी गर्दै आएको छ । लामा विप्लव समूहभित्रको एक प्रभावशाली नेता मानिन्छन् ।