अनुदानको चुलो ९ महिनादेखि बेवारिसे

काठमाडौँ । हुम्लाको सिमकोट गाउँपालिका बासिन्दालाई निःशुल्क उपलब्ध गराउन ल्याइएकोे सुधारिएको चुलो ९ महिनादेखि बेवारिसे हुँदै आएको छ । छिमेकी खार्पुनाथ गाउँपालिकाको नल्ला पुल नजिकै ३ सय ५७ थान सुधारिएको चुलोमध्ये १ सय १७ थान ९ महिनादेखि बेवारिसेरूपमा राखिएको हो ।

गत वैशाखमा सल्लिसल्लाबाट खच्चरमा ढुवानी गरी उक्त पुल नजिकै ल्याएर अहिलेसम्म बेवारिसे छोडिएको सोही गाउँपालिकाकी सदस्य जसमती शाहीले जानकारी दिए । दुई सय सय ४० थान चुलो ट्याक्टरबाट सदरमुकाम सिमकोटमा लगिएकामा ५ सय १७ थान चुलो भने खार्पुनाथमै बेवारिसे छोडिएको छ । ट्र्याक्टरबाट सिमकोट पु¥याइएको भाडा सम्बन्धित निकायले नदिएपछि २ सय ४० चुलो ट्र्याक्टर मालिक कूल रावतको घरमा थन्क्याइएकोे बताइएको छ ।

आफ्नो घरमा सुरक्षित राख्दाको घरभाडा नपाएको उनले गुनासो गरे । ती चुला ‘नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत लक्षित वर्गलाई वितरणका लागि भनी लेखिएको छ । उक्त गाउँपालिकाको कुन वडाले उक्त चुलो खरिद गरेको भन्ने पहिचानसमेत हुनसकेको छैन ।

बेवारिसे छोडिएका चुलो घामपानीका कारण खिया लागेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक रणबहादुुर थापाले गत आर्थिक वर्ष २०७७÷७८ मा सिमकोट गाउँपालिकाका लागि छनोट भएका घरधुरीका लागि बोलपत्रद्वारा कम्पनी छनोट गरी ती चुलो खरिद गरिएको बताए । सिमकोटसम्म पु¥याउन जिम्मा लिएको कम्पनीले लक्षित वर्गलाई ती चुला वितरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

उक्त चुलोको एउटा कै ८ हजार ५ सयमा खरिद भएको बताइएको छ । एक हजार १ सय १६ घरधुरीका लागि उक्त चुलो वितरणको जिम्मा गाल्भा निर्माण सेवा कम्पनीले लिएको तथ्य फेला परे पनि बाँकी ७ सय ५९ चुलोको अत्तोपत्तो छैन ।

चौराननब्बे लाख ९४ हजार ५ सय लगानी गरी खरिद गरिएकोे चुला अलपत्र अवस्थामा छन् । उक्त गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले यस विषमा आफूलाई थाहा नभएको तर फाइल खोज्ने क्रममा ती चुलो वितरण कार्य सम्पन्न भइसकेको थाहा पाएको बताए ।

दुई वर्षअघि नै पाइसक्नुपर्ने चुलो अझैसम्म कसैले पनि नपाएको देखिएको उनले जानकारी दिए । खरिद तथा ढुवानीको जिम्मा पाएको संस्थाका प्रतिनिधि कृष्ण केसीले भने,“भौगोलिक विकटता र हिमपातका कारण सबै चुलो हुम्लामा पु¥याउन नपाएको उल्लेख गर्दै थप कुरा गाउँपालिकाको कार्यालयमा गएर बुझ्न आग्रह गरे ।