हिलो छ्यापेको निहुँमा छुरा प्रहार

काठमाडौं, श्रावण । धरान उपमहानगरपालिका–६ स्थित विशालचोकमा गाडीबाट हिलो छ्यापेको भन्दै ३२ वर्षीय काजीमान तामाङमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट उनी घाइते भएका छन् ।

मंगलबार बिहान १० बजे तामाङमाथि सोही ठाउँका बसन्त लिम्बु र भोजपुर रामप्रसाद गाउँपालिका घर भई सोही स्थानमा बस्ने १९ वर्षीय हाङकोप राईले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । बाटोमा तामाङको गाडीले हिलो छ्यापेको भन्दै घरमै गएर छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट तामाङको दाहिने कोखामा चोट लागेको छ । उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । छुरा प्रहारमा संलग्न दुवैलाई नियन्त्रणमा लिएको उनले बताए ।