पाँच महिनामा ९२ अर्ब ७८ करोड बराबरको धितोपत्र सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेमा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा ३५ अर्ब बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड बराबरको ऋणपत्र, ११ अर्ब ५० करोड बराबरको साधारण शेयर, ९ अर्ब ७४ करोड बराबरको बोनस शेयर, ४ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र ३ अर्ब ५९ करोड बराबरको हकप्रद शेयर गरी कूल ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

त्यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ७ अर्ब २० करोड बराबरको डिबेन्चर, ५ अर्ब ९५ करोड बराबरको म्युचुअल फण्ड, २ अर्ब ४५ करोड बराबरको साधारण शेयर र ९५ करोड बराबरको हकप्रद शेयर गरी कूल १६ अर्ब ५५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको सार्वजनिक विवरणमा उल्लेख गरेका छन् ।

नेप्सेमा चालु आवको मङ्सिर मसान्तमा सूचीकृत ६ अर्ब ९३ करोड शेयरको चुक्ता मूल्य ६ खर्ब ८३ अर्ब ७६ करोड रहेको थियो ।