खुकुरी प्रहार गरी १ व्यक्तिको हत्या

काठमाडौँ । भानु नगरपालिकामा खुकुरीले घाँटीमा प्रहार गरी १ व्यक्तिको हत्या भएको छ । व्यास नगरपालिका वडा नं।८ मा बस्ने बर्ष २४ को आशिष परियारले सोमबार बिहान हत्या गरेका हुन् ।

भानु नगरपालिका–६ टुहुरे पसलस्थित डुम्रे–चन्द्रवती भित्री सडक खण्डमा सोही ठाउँमा बस्ने वर्ष ४९ को सन्तबहादुर गुरुङलाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।

घटनामा सङ्लग्न परियारलाई हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिएका छन् ।