बागमती प्रदेशको उपसभामुख चापागाईँद्वारा शपथ ग्रहण

काठमाडौँ । बागमती प्रदेशको प्रदेश उपसभामुख अप्सरा चापागाईँले पद तथा गोपनियताको शपथ लिएकी छन् ।

प्रमुखको कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा प्रदेश सभामुख भुवन पाठकले प्रदेश उपसभामुख चापागाईँलाई सपथ ग्रहण गराएका हुन् ।

२०७४ को नियम १० मा भएको व्यवस्था बमोजिम बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा प्रदेश सभामुख पाठकबाट प्रदेश उपसभामुख चापागाईँले पद तथा गोपनियताको सपथ लिएको बताएका छन् ।

सोमबार नेकपा एमालेका प्रदेश सभाका सदस्य चापागाईँ प्रदेश उपसभामुखका लागि भएको निर्वाचनमा ६१ मतसहित निर्वाचित भएका थिए ।

यसैगरी प्रदेश उपसभामुखमा नेपाली कांग्रेसबाट सुना परियार र नेपाल मजदुर किसान पार्टीबाट गीता काफ्लेको समेत उम्मेदवारी रहेको थियो ।

विमान दुर्घटनापछि शोक व्यक्त गर्न सार्वजनिक बिदा दिएका कारण प्रदेश उपसभामुख चापागाईँको सोमबार गर्ने भनिएको सपथ ग्रहण कार्यक्रम रोकिएको थियो ।