विकास निर्माणमा अवरुद्ध गर्ने छुट कसैलाई छैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणमा अवरुद्ध गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

आज यहाँ निर्माणाधीन छ लेन सडक र बाइपास को निरीक्षण अनुगमनपछि उनले देशको विकास निर्माणमा अवरुद्ध गर्ने, सम्झौता पालना नगर्ने, नोक्सान पु¥याउने प्रवृतिलाई छुट नदिइने बताए । उनले भने, म काम चाहने मान्छे हो । कारबाही गर्नु नपर्ने गरी काम गर्नुहोस् ।

गुणस्तरीय कायम गर्दै समयमा आयोजना सम्पन्न गर्न निर्माण व्यवसायीलाई उनले निर्देशनसमेत दिए । उनले थप्नुभयो, हिलेसम्म समयमा काम सम्पन्न भएको बताए । थोरै अवधिमा सम्पन्न गर्ने गरी काम गरौँ कारबाही गर्न नपरोस् । केही दिनयता क्रसर व्यवसायीले विकास निर्माणमा असर गर्ने गरी बन्द गर्नथालेको बताउँदै उहाँले क्रसर व्यवसायीको समस्या केही दिनभित्रै टुङ्गो लाग्ने बताएका छन् ।

“सम्बन्धित मन्त्रालयसँग कुरा भइरहेको छ । केही दिनमा समस्या समाधान हुन्छ”,उनले भने। गृह मनत्रालय समस्या समाधानका लागि लागेको उनले जानकारी दिए ।

यसअघि भरतपुर महानगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले रोकिएका विकासका आयोजना तीव्र गतिमा अघि बढाइने बताए । राष्ट्रिय गौरवका आयोजनाको काम के कारणले रोकिएको हो भन्ने समस्या पहिचान गरेर समाधान गर्दै अघि बढाइने उनको भनाइ थियो । विकास निर्माणका काम सम्पन्न गर्नका लागि संविधान, कानुन र नियमभित्र बसेर सबै एक जुट भएर अघि बढ्नुपर्ने उनले बताएका छन् ।

उनले भने, हाम्रो प्राथमिकता सुशासन, यातायात व्यवस्थापन र भौतिक पूर्वाधारका क्षेत्रको विकास छ । यी काममा सरकार लागिपर्ने उनले बताउनुभयो । भ्रष्टाचार र अनियमितता विकासका शत्रु भएको भन्दै उनले यसको अन्त्य सरकारको मुख्य प्रथामिकता रहेको बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय सरकारले समन्वय गर्दै काम गरिरहेको बताएका छन् । महानगरभित्रका आयोजनामा सङ्घीय सरकारको सहयोग आवश्यक रहेको उहाँले जानकारी गराए।

माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले माडीवासीका समस्याका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी दिएका छन् । सो अवसरमा महानगरका उपप्रमुख चित्रसेन अधिकारी, मन्त्रालयका सचिव दीपकप्रसाद सिग्देल, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीलगायतले बोलेका थिए ।