माघ ५ गते प्रतिनिधि सभा सभामुखको निर्वाचन हुने

काठमाडौँ । माघ ५ गते प्रतिनिधि सभा सभामुखको निर्वाचन हुने भएको छ । सभामुख निर्वाचनका लागि संसद् सचिवालयले आज मङ्गलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् ।

सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म सभामुखका उम्मेदवारले मनोनयन दर्ता गर्न सक्ने बताएका छन् ।

बुधबार उम्मेदवारी नामावली प्रकाशन गरिने कार्यसूचीमा उल्लेख गरेको बताएका छन् । माघ ५ गते बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्तावित गर्ने र समर्थकले समर्थन गर्ने भएका छ ।

उम्मेदवारको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्माणार्थ प्रस्तुत गर्ने सचिवालयले जानकारी दिएको छ ।