सात सय ३१ थान राहदानी सहित ३ जना पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका–२६ गोगंबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट ७ सय ३१ थान राहदानी सहित तीन जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोक जंग खड्कालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटलहरूमा शंकास्पद व्यक्तिहरु रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले टोलीले होटेल सोनाबाट शंकास्पद रुपमा रहेका ७ सय १७ थान र होटल पल्लीकोटबाट १४ थान गरी जम्मा ७ सय ३१ थान राहदानी सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।