हत्या गरेको आरोपमा राई पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिका–५ आपटार बस्ने ४९ वर्षीय कुमार बुढाथोकीलाई हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ३५ वर्षीय बिकास भन्ने हर्क बहादुर राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राईको खुकुरी प्रहारबाट कुमारको घटनास्थलमै मृत्यु भएको थियो । खुकुरी प्रहार गर्दा सोही ठाउँ बस्ने ३५ वर्षीया मन्जु भन्ने गोमा खड्का राईलाई समेत टाउकोमा चोट लागेको छ ।

घाइते भएकी उनको उपचारको लागि विजयपुर अस्पताल हुँदै घोपा अस्पताल धरान पठाइएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।