उपसभामुखमा रास्वपाकी इन्दिराले गराइन उम्मेदवारी दर्ता

काठमाडौँ । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरलले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

शुक्रबार बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । उनले सत्ता गठबन्धन दलको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनलाई उपसभामुखमा रास्वपाका सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन रहेका छन् ।