सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परम्परागतरूपमा मनाइँदै आएका सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् ।

सोनाम ल्होछारको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्रमा फरक विशेषता बोकेका पर्व संस्कृतिले नेपाली समाजलाई एकापसमा एकताबद्ध गर्न सहयोग पु¥याउने बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले मुलुकामा बसोबास गर्ने सबै जातजातिका समुदायका मौलिक चाडपर्व तथा संस्कृति नेपालको विशेषता रहेको उल्लेख गर्दै बहुसंस्कृतिले सम्पन्न नेपाल र नेपालीको अन्तर्राष्ट्रिय तहमा गौरव बढाएको बताए ।

सोनाम ल्होछारका सन्दर्भमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको विज्ञप्तिमा बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व र संस्कृतिको संरक्षणमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।