जडीबुटी मिसाएको खाजा खाँदा १ जनाको मृत्यु, ३ जना बिरामी

काठमाडौँ । जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा १ जनाको मृत्यु भएको छ भने ३ जना बिरामी भएको बताएका छन् । शनिबार दिउँसो गुन्नाईनु नामको जडीबुटी हालिएको चाउचाउ र सिमीको गेडा खाँदा ती व्यक्तिहरू बिरामी परेको र अस्पतालमा उपचारमा लगेका थिए ।

जुम्ला चन्दननाथ नगरपालिका ८ रोकायावाडामा खाजा खाने क्रममा बिरामी भएका ४ जना मध्ये ३५ वर्षीय दीपक रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दकाअनुसार चन्दननाथ ८ का तिल धरालाको घरमा घर बनाउने क्रममा खाजा खाँदा बिरामी भई अस्पताल आएका मध्ये दीपक रोकायाको मृत्यु भएको हो ।

बिरामी भएका ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टङ्क रोकाया, ३० वर्षीय पारस धरालाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियुमा उपचार भइरहेको बताएका छन् ।