मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु ,१ जना घाइते

काठमाडौँ । कलंकीमा मोटरसाइकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

आज बिहान सात बजे अन्डर पास नजिकै बाप्र २०४प ७८३४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पंदल यात्री १५ वर्षीया कृष्णा तामाङको मृत्यु भएको जानकारी दिएका छन् । मोटरसाइकलको ठक्करबाट अर्का १ जना पैदल यात्री पनि पनि घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक पनि सामान्य घाइते भएका र उनको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएका छन् ।