झापामा एक युवक र एक युवती मृत फेला

काठमाडौँ । झापाको एभरेष्ट चिया बगानमा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् ।

आज बिहान कचनकवल गाउँपालिका-४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जानकारी दिएको हो । दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताएका छन् ।

डिएसपी पाठकका अनुसार युवक अन्दाजी २५ र युवती १८ वर्षकी रहेको बताएका छन् । घटनाबारे थप केही कुरा खुलिनसकेको प्रवक्ता पाठकले जानकारी दिएका छन् ।