संसद भवनबाट प्रधानमन्त्रीको गाडी निस्कनेबित्तिकै प्रेमद्धारा आत्मदाह प्रयास

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी निस्कनेबित्तिकै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । आत्मदाह प्रयास गर्ने युवक इलाम घर भएका प्रेम प्रसाद आचार्य भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

मंगलबार दिउँसो प्रचण्ड सवार गाडी क्रस हुने बेलामा उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । सुरक्षाकर्मीको गाडी पास भइसकेर प्रधानमन्त्रीको गाडी पास हुने बेलामा उनले आफूलाई आगो लगाएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उनी घाइते भएका छन् । हाल ती व्यक्ति घाइते भएको र कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीका प्रवक्ता डीएसपी दिनेश मैनालीले जानकारी दिएका छने । आचार्य आत्मदाह प्रयास गर्नुको कारण खुल्न नसकेको भन्दै प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।