आज कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौँ । आज कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डा मिलेपछि मन्त्रिपरिषद् विस्तार हुने लागेको बताएका छन् ।

मंगलबार बसेको दुई दलको बैठकले मन्त्रालय भागवण्डाको विषय टुङ्गाएका थिए । नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा शहरी विकास, आन्तरिक मामिला तथा कानुन र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय, नेकपा एमालेले आर्थिक मामिला तथा योजना, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको जानकारी दिएका छन् ।

गत सोमबार कर्णाली प्रदेशमा ८ सदस्यीय मन्त्रिमण्डललाई घटाएर ७ सदस्यीय मन्त्रिमण्डल बनाइएको थियो र बैठकमा सहभागी माओवादी दलका नेता मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका छन् ।