कोल्नसँग बराबरीमा रोकियो बायर्न

काठमाडौँ । जर्मन बुन्डेसलिगा फुटबलको उपाधि दौडमा रहेको बायर्न म्युनिख एफसी कोल्नसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बायर्नले कोल्नसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको अन्तिमा बराबरी गोल फर्काउँदै बायर्नले हार टारेको थियो । कोल्नले चौथो मिनेटमै यल्स स्खिरीको गोलका सुरुवाती अग्रता लिएको थियो । कोल्नको गोलले दबाबमा रहेको बायर्नका लागि ९०औं मिनेटमा जोसुवा किमिचले गोल गर्दै टोलीलाई हारबाट जोगाउनुभएको थियो ।

बराबरीसँगै शीर्षस्थानमा यथावत् रहेको बायर्नले १७ खेलबाट ३६ अङ्क बनाएको छ । २१ अङ्क बनाएको एफसी कोल्न १०औं स्थानमा छ । दोस्रो स्थानमा रहेको आरबी लेइपजिगको ३२ अङ्क छ । मङ्गलबार राति नै भएको खेलमा लेइपजिगले साल्केलाई उसैको मैदानमा ६–१ गोलले पराजित गरेको थियो । गोरखापत्र