बिचौलियाको काम गर्ने १ जना पक्राउ

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धनुषामा बिचौलियाको काम गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१६, कपिलेश्वर बस्ने ३९ वर्षीय दीपक ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब निरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताएका छन् ।

बिचौलिया ठाकुरलाई सेवाग्राहीसँग १५ सय लिँदै गरेको अवस्थामा सोमबार जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारबाट पक्राउ गरिएको उनले जानकारी दिएका छन् ।

नागरिकता र राहदानी बनाउन आउने सेवाग्राहीलाई कार्यालयका कर्मचारीसँग मेरो राम्रो चिनजान छ काम छिटो गराइदिन्छु भन्दै प्रतिव्यक्ति २ देखि ३ हजारसम्म असुली गरिरहेको सूचना प्राप्त भएपछि उनलाई पक्राउ गरेका हुन् ।

यस सम्बन्धि गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता क्षेत्रीले बताएका छन् ।