सुनको मूल्य बढे्यो

काठमाडौँ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको भाउ प्रतितोला १ लाख ६ हजार २०० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा पनि सुनको मूल्य बढेको सुनचाँदी व्यवसायीहरू बताउँछन् । सुनको भाउको उकालो ग्राफ हेर्दा सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीहरूको अनुमान रहेको छ ।

यसैगरी नेपाली व्यवसायीहरू भने सुनको भाउ कति पुग्ला भन्नेबारे अहिले नै भन्न नसकिने बताउँछन् ।