सेटिङ्ग मिलाउन जान्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलका ‘एसम्यान’ सहसचिव सारथीहरु

काठमाडौं । एमाले भित्रका सकुनीका रुपमा चिनिएका वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेले आफुलाई सहज बनाउनका लागि अर्थ मन्त्रालयबाट नै सेटिङ्ग शुरु गरेका छन् । अर्थ मन्त्रालयलाई आफू र एमाले पार्टी अनुकूल बनाउनका लागि उनले ‘एसम्यान’ सहसचिववहरुलाई आफ्नो टिममा ल्याएका छन् । त्यसका लागि उनले सहसचिवहरुको व्यापाक सरुवा गरेका छन् ।
राजनीतिमा सकुनी पासा लगाउन प्रखर देखिएका पौडेलले नतिजा आउने गरी टिम सेट गरेको भन्दै सेटिङ्ग मिलाउन जान्ने र आफूलाई चाहे जस्तो ‘एसम्यान’ बन्न सक्ने सहसचिवलाई आफूले चाहेको महाशाखाका प्रमुखका रुपमा सरुवा गरेका हुन् ।
उनले मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा सहसचिव श्रीकृष्ण नेपाललाई ल्याएका छन् भने बजेट मिलाउन सक्ने जिल्लावासी समेत रहेका योग्य सहसचिव परिचित धनीराम शर्मालाई बजेट तथा कार्यक्रम महाशाखामा ल्याएका छन् ।
त्यस्तै झक्कप्रसाद आचार्य लाई वित्त क्षेत्र व्यवस्थापन तथा स‌ंस्थान समन्वय महाशाखाको प्रमुख, प्रसासन महाशाखामा लक्ष्मीप्रसाद निरौला, वित्तिय संघीय समन्वय महाशाखामा ईश्वरी प्रसाद अर्याल, राजश्व महाशाखामा रितेशकुमार शाक्य र आर्थिक नीति तथा विश्लेषण महाशाखामा सुमन दाहाल ल्याएको छ भने कमलप्रसाद भट्टराईलाई सार्वजनिक वित्त तामिल केन्द लगिएको छ ।

अर्थ मातहतमा ल्याइएका सेवन्तक पोखरेललाई भन्सार विभागको उपमहानिर्देशक र शिवलाल तिवारीलाई भन्सार जाँचपास कार्यालय प्रमुख बनाइएको छ। अर्थमन्त्री पौडेलले भन्सार विभाग प्रमुखमा चक्र बुढा र आन्तरिक राजस्व विभागमा दीर्घराज मैनालीको जिम्मेवारी यथावत् राखेका छन्।