रेशम चौधरी जेल गराउन प्रयासमा रहेको पार्टीको अर्का सांसदलाई ज्यान मुद्दामा अदालत हाजिर गराइदै

काठमाडौं । पूर्व सांसद रेशम चौधरीलाई जेल मुक्त गर्नु पर्ने अडान थाप्दै आईरहेको नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधि सभागका सांसद अरुण चौधरीलाई विहिबार प्रहरीले पक्राउ गरेको आज अदालतमा उपस्थित गराउने भएको छ छ ।

वाँकेमा पक्राउ परेका सांसद चौधरीलाई काठमाडौं ल्याउनका लागि हिजो राती नै धनगढी लगिएको थियो । आजै उनलाई विमान मार्फत काठमाडौं ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ । सार्वजकिन सम्पत्तिमा आगजनीको गरेको मुद्दामा १२ वर्ष अगाडि उनलाई दोषी ठहर गरिएको थियो ।

स्थानीय महादेव बजगाईंको ट्र्याक्टरमा आगो लगाएको कसुरमा उनीलगायत ३ जना दोषी पाइएको जिल्ला अदालत कैलालीले ठहर गरेको थियो।

उक्त घटनामा सांसद अरुणका साथै पर्शुराम चौधरी, अरुण र बिर बहादुर चौधरीलाई समेत अदालतले दोषी ठहर गरेको थियो। उनीहरुले ट्र्याक्टर चालक साजन चौधरीलाई कुटपिट गरेर पेट्रोल छर्केर आगो लगाएका थिए। चौधरी कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित एका हुन् ।

कैलालीको टिकापुरमा घटनाको मुख्य आरोपी भनिएका पूर्व सांसद रेशम चौधरीले निर्वाचन लक्षित गरी श्रीमतीलाई अध्यक्ष बनाएर नागरिक उन्मुक्ति पार्टी दर्ता गराएका थिए ।

उनको दलको सांसद अरुण चौधरीलाई विगतमा प्रहरीले पक्राउ गरेको थिएन । यसले सो पार्टीमा कस्ता सांसदहरु छन् भन्ने कुरालाई पुष्टि गरेको छ ।