निर्वाचनपछि समाजवादीको पहिलो केन्द्रिय कमिटीको वैठक आजबाट

काठमाडौँ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रत्यक्ष तर्फ लज्जास्पद हार व्यहोर्नु परेपछि रुमल्लिएको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्ने वभएको छ । निर्वाचनपछि पहिलोपटक एककिृत समाजवादीले दुई दिने केन्द्रिय कमिटीको बैठक राख्न लागेको हो ।

वैैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन र महासचिव डा बेदुराम भुसालले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनमा बैठकमा छलफल गरिने भएको छ ।

उक्त प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

सरकारको कार्यशैली मूल्याङ्कन, संसद्मा पार्टीको थप प्रभावकारी भूमिका, जनजीविकाका साथै पार्टीका विभिन्न तहका कमिटीले सङ्गठन निर्माणमा गरेका निर्णय अनुमोदन गरिने छ । बैठकले आवश्यकताअनुसार केन्द्रीय नेताको जिम्मेवारी हेरफेरसमेत गर्नसक्ने जनाइएको छ । सङ्गठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने विषय पनि वैठकमा छलफल गरिने बताइएको छ ।